काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेको छ।
महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नो कार्यालय परिसरको फोहोर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गरेको हो। साथै, सूचना प्रकाशित गरेको समयसीमाभित्र फोरोर व्यवस्थापन नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने चेतावनी समेत दिएको छ।
‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर