काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेको छ।
महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नो कार्यालय परिसरको फोहोर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गरेको हो। साथै, सूचना प्रकाशित गरेको समयसीमाभित्र फोरोर व्यवस्थापन नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने चेतावनी समेत दिएको छ।
‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने