काठमाडौ । आज काठमाडौँ महानगरपालिकाको ३१ औँ दिवस। काठमाडाैँ महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ।
काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवसका कार्यक्रम गर्न लागिएको हाे।
दिवसका अवसरमा काठमाडाैँ महानगरले स्रष्टा सम्मान पनि गर्दैछ। १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत राखिएकाे छ।
काठमाडाैँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नाे स्थापना दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा महानगरपालिकाले आइतबार २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मानसमेत गरेको छ।
आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, समितिका सदस्यहरू, कार्यपालिका अन्तर्गतका समितिका संयोजकहरू उनीहरूलाई सम्मान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति