काठमाडौं । काठमाडौँ महानगरपालिकाले शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रममा समेटेकी हुन् ।
‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधी प्रचारप्रसार गर्न कार्यालयको वेवसाइट, आधिकारिक मल्टिमिडिया च्यानलहरू तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नशिप, फेलोशिप तथा ‘पार्ट टाइमा इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ।’
त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रकृयालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवर्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘सवारी पार्किङ्ग व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ।
नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ्ग समस्याको दीगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ्ग प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘विश्वका शहरहरुका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा साँस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौं शहरको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन ‘सवनेशनल डिप्लोमेसी’ को असल अभ्यास गरिनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति