काठमाडौं । काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।
कोटेश्वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्वरबाट कोटेश्वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते