काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल कमजोर अवस्थामा देखिएको छ । राप्रपाबाट बाहिरिएर नयाँ पार्टी बनाएका कमल थापा आम निर्वाचनमा कमजोर रुपमा देखिएका हुन् ।
प्रदेश तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न नसकेको सो पार्टीको समानुपातिकतर्फ पनि १२ हजार मतमात्रै आएको हो ।
निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्मको मतगणनामा कमल थापाको तीर चुनाव चिह्नले १२ हजार २७० मत पाएको हो ।
थापाले मकवानपुरबाट एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेपनि हारेका थिए । आफ्नो चुनावी अभियानमा मात्रै थापा केन्द्रीत हुँदा पार्टीको प्रचारमा भने सहभागी थिएनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा