काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।
गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ
दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो । तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि हुँदा एनसीसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्डको इकाइ मूल्य ४.१८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट