दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
व्याँस गाउँपालिका ४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । विष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको उनले जानकारी दिए ।मंसिर ३ गते राति दुवैको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ ।
दुवैबीच एक आपसमा विवाद हुँदा दीपक विष्टले नरसिंह विष्टको टाउकोमा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ