उर्लाबारीको कफी सपमा झडप, ३ जना घाइते

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, ०८ : ४५
उर्लाबारीको कफी सपमा झडप, ३ जना घाइते

विराटनगर । मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै हुन् । तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानै सिईबीका कारण झडप भएको थियो । झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस