मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । झडपमा आक्रमणकारीमध्येका एक जना पनि घाइते भएका छन् ।
प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले गएराति बञ्चरो प्रहार गर्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ फागुन २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
राजावादीको आन्दोलनमा झडप