जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
दशैं समापनपछि मूर्ति विसर्जनको क्रममा अर्को समुदायले ढुंगामुढा गरेपछि विवाद सुरु भएको बताइएको छ । सो क्रममा तेलिया पोखरी किनारमा बनाइएको टहरा समेत आगजनी गरिएको छ। आक्रोशित भीडले केही घरमा समेत आगजनी प्रयास गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरी प्रशासनले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढामा केही प्रहरी र स्थानीय घाइते भएका छन्।
अवस्था नियन्त्रणबाहिर जाँदा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुने गरी वडा नं. २० का विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। आदेशअनुसार निषेधाज्ञा अवधि कायम रहने बेला कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, धर्ना, अनशन, आगजनी वा तोडफोड गर्न प्रतिबन्ध लगाइएको छ।
गत भदौ दोस्रो साता पनि मूर्ति विसर्जनकै विषयमा दुई समुदायबीच झडप भएको थियो। त्यसपछि सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भए पनि फेरि विवाद दोहोरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असोज २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
राजावादीको आन्दोलनमा झडप
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते