काठमाडौं । सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत)ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ ।
सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ ।
ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ ।
नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बढीमामा कारोबार भएको छ । सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो । मन्दाकीनी हाइड्रोपावरको सेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २.७७ प्रतिशत घटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार