धादिङ । धादिङ प्रहरीले लागुऔष गाँजा र अफिमसहित दुईजनालाई पक्राउ गरेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१, गजुरीबजारबाट बा ५ ख ७५३७ नम्बरको गाडीबाट २६८ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफिमसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक धादिङको नीलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय अमर विक र सिद्धलेक गाउँपालिका–५ का होमबहादुर विक छन् ।
प्रहरीले राजमार्ग क्षेत्रमा लागुऔषध गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा गाडीको पछाडि ढालामा कालो त्रिपालले छोपेको अवस्थामा बोराभित्र रहेको गाँजा र अफिम फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०८२, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ