काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताअनुसार दैनिक तरलता सुविधा लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधनका लागि मस्यौदा तयार पारेको छ ।
राष्ट्र बैंकले सुरक्षणपत्र धितो राखेका आधारमा दैनिक तरलता सुविधा दिने गरेको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले वैधानिक तरलता अनुपातबाट अनिवार्य नगद मौज्दात घटाएपछि कायम हुने रकमको २५ प्रतिशतसम्म दैनिक तरलता सुविधा पाउने व्यवस्था थियो ।
एकपटक कायम भएको दैनिक तरलता सुविधा सीमा थपघट वा स्थगित हुने अवस्थामा बाहेक आर्थिक वर्षभर कायम रहने व्यवस्था छ । हरेक आर्थिक वर्षका लागि वित्तीय संस्थाले निवेदन दिई पुनः आफ्नो नयाँ सीमा कायम गर्नुपर्ने व्यवस्था छ ।
प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले विगत कारोबारको विश्लेषणका आधारमा आफ्नो दैनिक तरलता आवश्यकता अनुमान गर्नुपर्नेछ । जसका आधारमा धितो व्यवस्थापन खाताको सीमा निर्धारणका लागि अनुरोध गर्नुपर्ने उल्लेख छ ।
दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेस गर्नुपर्नेछ । यैबीच सुरक्षणपत्र धितो राखिएबापत धितो व्यवस्थापन खाता पूर्ण सीमामा नल्याए अतिरिक्त ब्याज लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले चालू कार्यदिनको दैनिक तरलता सुविधा फिर्ता गर्ने अवधिभित्र धितो व्यवस्थापन खाता पूर्ण सीमामा ल्याउन नसकेमा अतिरिक्त ब्याज लाग्ने मस्यौदामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा रहेको ग्राह्य सुरक्षणपत्र धितो लिई सोका आधारमा संस्थाका नाममा बैंकमा खोलिने स्वीकृत सुविधा सीमासहितको धितो व्यवस्थापन खाताको व्यवस्था गरिएको हुन्छ । दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खाता राष्ट्र बैंकको बैंकिङ विभागले खोलिदिन्छ ।
दैनिक तरलता सुविधाबापत उपयोग गर्न सक्ने अधिकतम सुविधा सीमा र अवधिका लागि वित्तीय संस्थाले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागसँग सम्झौता गर्छन् । यस्तो खातालाई पूर्ण रूपमा सीमामा नल्याएमा ब्याज लगाउने व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक