युद्धविराम गर्न रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार छ: जेलेन्स्की

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १५ : ३६
युद्धविराम गर्न रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार छ: जेलेन्स्की

काठमाडौँ।  ​युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन्।

उनले भने, 'एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वार्ताका लागि तयार छ,' जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।​

जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट शुरू भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दाबी गरे ।​ जेलेन्स्कीले भने, 'रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ । यो सकारात्मक सङ्केत हो ।

उनले भने, 'सारा विश्वले लामो समयदेखि यसको प्रतीक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो।'

प्रतिक्रिया दिनुहोस