काठमाडौँ । नेपाल राष्ट्र बैंकले १९ बुँदे नयाँ निर्देशन जारी गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै निर्देशन जारी गरिएको हो ।
‘यसअघि जारी गरिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थालाई प्रतिस्थापन गरी संलग्नबमोजिम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरिएको हुँदा सोही अनुसार गर्नु गराउनु हुन यो निर्देशन जारी गरिएको छ’, नयाँ निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार अब कोषमा सूचीकृत व्यक्तिको पहिचान गर्नुपर्नेछ । सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता वा अन्य कुनै रकम संस्थासँग रहेको भएमा तत्काल रोक्का राखी सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ र सोको एक प्रति वित्तीय जानकारी इकाईलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
उच्च पदस्थ व्यक्तिको पहिचान गर्नुपर्नेछ । उनीहरूको वर्गीकरण समेत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
दुई वाणिज्य बैंकसहिच चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा
५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक