एजेन्सी । पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ। पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
अहिले प्रहार भएका एयर बेस मध्य एउटा रावलपिण्डीमा रहेको नुर खानको सेनाको मुख्यालयमा लक्षित थियो। सो स्थान राजधानीबाट १० किलोमिटर टाढा छ।
पाकिस्तानी सेनाका प्रवक्ताले सो मिसाइल कमजोर रहेको भन्दै पाकिस्तान सामना गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। सीमाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सीमामा रहेका घरहरूको अवस्था दयनीय बन्दै गएको बताइएको छ।
दुवै तर्फबाट लगातार प्रहार भएको छ। त्यस क्षेत्रमा युद्ध अझै बढ्दै गएमा स्थानीयलाई बस्नका लागि बङ्कर भने छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ बैशाख २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनका ऊर्जा केन्द्रहरूमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल आक्रमण
गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु
मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा