काठमाडौं। पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । भारतको नेशनल हेराल्ड अखबारले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ । तीनजना घाइते भएको समाचारमा उल्लेख छ ।
भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ ।पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् ।
जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ । अल जजिराले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै