काठमाडौँ। रामेछापको उमाकुण्ड गाउँपालिकाले यही वैशाख ३० र ३१ गते बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा २ दिन गाउँ कार्यपालिकाको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको जानकारी दिएको हो ।
'प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिकामा किराँतलगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार)को अवसरमा मिति २०८२/०१/३० र ३१ गते थप २ दिनका लागि उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार स्थानीय पर्व बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत जानकारी गराइन्छ,' जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना