काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ l
राष्ट्र बैंकले वाणिज्य बैंकमा ४६ करोड ४० लाख, विकास बैंकमा ८ करोड ७० लाख र वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार १६ वैशाख २०८२ देखि १६ वैशाख २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० देखि दिउँसो १:३० बजेभित्र आवेदन दिनुपर्ने छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय-समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने सर्त राष्ट्र बैंकको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव