काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (वैशाख ९)लाई पेसी तोकिएको छ । सर्वोच्च अदालतमा हिजो पनि यो रिटको पेसी तोकिएकामा ‘हेर्न नमिल्ने’मा परेको थियो ।
लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गएको आइतबार (वैशाख ७) बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । त्यसपछि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा यो रिट ‘हेर्न नमिल्ने’मा परेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा पुर्पक्षका निम्ति थुनामा रहेका लामिछाने यसअघि ७३ नम्बर निवेदन लिएर सर्वोच्च गएका थिए । उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
उक्त आदेशपछिको सुनवाइ नहुँदै उनका तर्फबाट श्रीमती निकिताले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न रिटमा माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि