भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन

एजेन्सी

शनिबार, २७ बैशाख २०८२, १४ : ३६
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन

मस्को । रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ ।

उक्त परेडको शुभारम्भ रुसी राष्ट्रिय झण्डाबाट गरिएको थियो । कार्यक्रममा १३ मित्र राष्ट्रका सैन्य टोलीहरूले सहभागिता जनाएका थिए भने २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूले आफ्नो उपस्थिति जनाए ।

समारोहलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसलाई राष्ट्रको गौरव, बलिदान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा स्मरण गरे । उनले द्वितीय विश्वयुद्धको यथार्थ इतिहासको संरक्षणको आवश्यकता औँल्याउँदै त्यसलाई विकृत गर्न खोज्ने प्रयासहरूलाई दृढतापूर्वक अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस