गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर

बिहिबारसम्म पौडेललाई गर्भनर बनाउने देउवा ओलीवीच सहमति

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १२ : ४७
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरमा नयाँ ट्विस्ट आएको छ । सत्तारुढ दुई दल कांग्रेस र एमालेका बीचमा गर्भनर कांग्रेसलाई दिने गरी भागवन्डा लगाईएको थियो । गत बैशाख ३ मा कांग्रेस सभापति शेरवहादुर देउवा बैंकक जानु अगाडी नै गर्भनर कांग्रेसलाई दिने र कांग्रेसका तर्फबाट डा गुणाकर भट्टलाई गर्भनर बनाउने समझदारी प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरवहादुर देउवाका बीचमा भएको थियो । नियुक्ति लगायतका विषयमा एमालेले एकलौटी गरेको र नियुक्त गरेकाहरुमा पनि विचौलिया हावी भएको आरोपका बीच गर्भनर भने कांग्रेस एमालेका बीचमा कांग्रेसलाई दिने समझदारी बनेको थियो ।

आफु प्रधानमन्त्री र आफ्नै पार्टीका उपप्रधान तथा अर्थमन्त्री रहेका बेला गर्भनर काग्रेसलाई भागवन्डा लगाएर दिनुपर्दा प्रधानमन्त्री ओलीको मन भित्रीरुपमा मानेको थिएन । तर नदिई आफनो सरकार समेत नटिक्ने भएपछि अमिलो मन बनाउँदै ओलीले गर्भनर कांग्रेसलाई दिन सहमत भएका थिए । तर कांग्रेसले अगाडी सारेको गुणाकर भट्टको नाममा अर्काे बखेडा एमालेवृत्तबाटै भएको आशंका भएपछि अहिलेसम्म गर्भनर नियुक्त हुन सकेन । गर्भनर गत फागुन २४ भित्रै नियुक्त हुनुपर्ने थियो कानुनत । गर्भनरको पद सकिने एकमहिना अगाडी नै नयाँ गर्भनर नियुक्त गरिसक्नुपर्ने प्रँवधान थियो । महाप्रसाद अधिकारीले चैत २४ मा नै गर्भनरबाट विदा भईसकेका थिए । त्यसपछिका अनेक खेल, विचौलियाहरुको प्रभाव आदीकाकारण सरकार गर्भनर नियुक्त गर्न नसकि अल्झिरहेको छ । बजेट वक्तब्य आउन २० दिन पनि नहुँदा गर्भनर नियुक्त गर्न नसकेको आरोप सत्तासिन दललाई लागिरहेका बेला शनिबारबाट भने नयाँ ट्विस्ट आएको छ । कांग्रेसले अब गर्भनरका नयाँ पात्रको नाम अगाडी सारेको छ । गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए ।

उनले सोही पदबाट राजीनामा दिएर स्वीकृत नभएसम्म उनको गर्भनर बन्ने बाटोमा कानुनी अड्चन थियो । गर्भनरमै ओली र विष्णु पौडेलले रुचाएको तर कांग्रेससँगको सत्ता साक्षेदारीका कारण गर्भनर गुमाउन परेका अहिलेका कार्यबाहक गर्भनर निलम ढुंगाना तिमिल्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेपछि नयाँ ट्विस्ट आएको हो । कांग्रेसले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओलीसहितको छलफलमा गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम सिफारिस गरेको छ । पौडेल डा आरजु राणा पौडेलको निकट मानिन्छन् । कांग्रेस पदाधिकारी बैठकमा देउवाले नयाँ नाम प्रस्ताव गर्नुपर्ने अवस्था आएको भनेपनि नाम बताएका थिएनन । तर शनिबार देउवाले ओलीसँग कांग्रेसका तर्फबाट अब विश्व पौडेललाई गर्भनर बनाउन नाम प्रस्ताव गरेका हुन् ।

पौडेल गत चुनावमा कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनलाई रास्वपाका नेताले चुनाव हराएका थिए । पौडेललाई पनि सिधा नाम सिफारिस गर्न अप्ठ्यारो छ । कारण उनी आफै अहिले सरकारले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनाएको गर्भनर सिफारिस समितिमा विज्ञका तर्फबाट सदस्य छन् । उनी आफै सदस्य भएर आफनै नाम सिफारिस गर्न मिल्दैन । उनलाइृ गर्भनर बनाउन पहिले सरकारले मन्त्रिपरिषद्को बैठकबाट नयाँ सिफारिस समिति बनाउनु पर्ने हुन्छ । उनको नाम सिफारिस समितिबाट हटाउनु पर्ने हुन्छ । बालुवाटार स्रोतका अनुसार, अब पौडेललो भोली सोमबार विहानसम्म सिफारिस समितिबाट राजीनामा दिने र सोही दिन बस्ने मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति बनाउने छ । नयाँ सिफारिस समिति बनाएपछि त्यसले एउटा बैठक बसेर गर्भनरमा डा विश्व पौडेलको नाम सिफारिस गर्ने र आगामी बिहिबारसम्म गर्भनर नियुक्त गर्ने गरी शनिबार बालुवाटारमा कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री ओलीका बीचमा समझदारी बनेको छ । प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता शनिबार बालुवाटारको छलफलमा थिए । त्यही र्गनरमा विश्व पौडेलको नाम कांग्रेस सभापति देउवाले अगाडी सारेका हुन् । पौडेलको नाम अगाडी आएपछि गर्भनरको रेसबाट अब गुणकर भट्ट, कायममुकायम गर्भनर निलम ढुंगाना सबै रेसमा रहेपनि गर्भनर नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस