काठमाडौँ । कैलालीमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ भने ११ करोड बढीको अवैध सामान बरामद गरिएको छ ।
लागुऔषध दुर्व्यसनी सम्बन्धी पाँच सय पाँच वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ८३ जना महिला र ६८७ जना पुरुष गरेर सात सय ७० जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ७४ किलो ७४८ ग्राम चरेस बरामद गरिएको छ भने तीन किलो २४० ग्राम गाँजा बरामद गरिएको छ । यस्तै, ६४४ ग्राम ६५७ मिलीग्राम खैरो हेरोइन, लागुऔषधको रूपमा प्रयोग हुने सात हजार ९८० विभिन्न खालका प्रतिबन्धित ट्याबलेट र १५ बोतल ओनेरेक्स समेत बरामद गरिएको छ ।
लागुऔषध दुर्व्यसनीपछि कैलालीमा सबैभन्दा भयावह भारतबाट हुने चोरी तस्करी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालयले मातहतका युनिटबाट समेत गरेर ११ करोड बढीको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
तथ्यांकअनुसार प्रहरीले ११ करोड पाँच लाख ९ हजार ८४५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा सामान ओसारपसारमा संलग्न ८६ सवारीसाधनसहित ३६ जनालाई पक्राउ समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ