काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ११.५३ अंक घटेको हो । योसँगै २६५०.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० कारेड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । बजारमा आज पाँच वटा कम्पनीहरू नेपाल माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।
क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार