दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १५ : ३३
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ११.५३ अंक घटेको हो । योसँगै २६५०.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० कारेड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । बजारमा आज पाँच वटा कम्पनीहरू नेपाल माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ । 

क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ । 

प्रतिक्रिया दिनुहोस