काठमाडौं । अमेरिकाले चीनको आयातमाथि लागेको भन्सार कर बढाएर २४५ प्रतिशत पुर्याउने बताएको छ । ह्वाइट हाउसले भन्सार कर चीनको प्रतिकार करको जवाफमा भएको उल्लेख गरेको अमेरिकी मिडिया न्यूज विकले उल्लेख गरेको छ ।
न्यूज विकका अनुसार एक सय प्रतिसतसम्म भन्सार कर बढाउने प्रावधानमा टेकेर यत्ति पुग्ने बताइएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चिआङलाई पत्रकारहरूले अमेरिकाले बढाएको भन्सार करबारेमा सोध्दा कर युद्ध अमेरिकाले सुरु गरेको र चीनले त्यसमा प्रतिकार मात्रै गरेको बताएको न्यूज विकले उल्लेख गरेको छ ।
चीनले अमेरिकी आयातमा १२५ प्रतिशत भन्सार कर लाएको छ । चीन भन्दा एक सय प्रतिशत धेरै अमेरिकाले लगाउने भएको छ । चीनले भने भन्सार कर एक अंकको खेल मात्रै भन्दै थप नलाउने बताइसकेको छ ।
विभिन्न आँकडाहरूका अनुसार चीनले विश्वमा गर्ने कुल निर्यातको १५ प्रतिशत हाराहारी निर्यात मात्रै अमेरिकामा हुने गरेको छ । बाँकी ८५ प्रतिशत अरू देशमा हुँदै आएको छ ।
चिनियाँ विज्ञ भिक्टर काओले बेलायती च्यानल ४ सँग बोल्दै यही तथ्यमा आधारित भएर बोलेका थिए, ‘अमेरिका विश्व बजार होइन, विश्व बजार अमेरिका होइन । अमेरिका बिना चीनले पाँच हजार वर्ष बाँच्यो । अब पनि बाँच्छ ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ बैशाख २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत