एजेन्सी । भारतले पाकिस्तानको तीनवटा सैन्य अड्डामा आक्रमण गरेपछि त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु गरेको अलजजिराले बताएको छ ।
उक्त जवाफी कारबाहीको लक्ष्य भारतीय सैन्यस्थलहरू रहेको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानी सरकारी मिडियाले दाबी गरेअनुसार पाकिस्तानको कारबाहीमा भारतको ७० प्रतिशत बिजुली ग्रिड साइबर आक्रमणको कारण असक्षम भएको छ ।
सरकारी मिडिया पीटीभी न्युजले यो खबर ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत गरिएको साइबर आक्रमणले भारतको बिजुली प्रणाली ध्वस्त भएको बताएको हो । एक्समा प्रकाशित पोस्टमा भनिएको छ, ‘भारतमा अन्धकार छाएको छ ।’
तर, यो दाबीलाई अलजजिराले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । भारत सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल