एजेन्सी । भारतले पाकिस्तानको तीनवटा सैन्य अड्डामा आक्रमण गरेपछि त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु गरेको अलजजिराले बताएको छ ।
उक्त जवाफी कारबाहीको लक्ष्य भारतीय सैन्यस्थलहरू रहेको पाकिस्तानी सेनाले बताएको छ ।
पाकिस्तानी सरकारी मिडियाले दाबी गरेअनुसार पाकिस्तानको कारबाहीमा भारतको ७० प्रतिशत बिजुली ग्रिड साइबर आक्रमणको कारण असक्षम भएको छ ।
सरकारी मिडिया पीटीभी न्युजले यो खबर ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत गरिएको साइबर आक्रमणले भारतको बिजुली प्रणाली ध्वस्त भएको बताएको हो । एक्समा प्रकाशित पोस्टमा भनिएको छ, ‘भारतमा अन्धकार छाएको छ ।’
तर, यो दाबीलाई अलजजिराले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ । भारत सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !