काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन भएको छ।
गएराति १२ बजे भरतपुर महानगरपालिका- २९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।
चाडपर्व नजिकिएका कारण पनि नारायणगढ-मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ। यो वर्षमात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक