काठमाडौं । सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ । युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए ।
खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै संयोजक भण्डारीले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव