काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।
राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बुसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ