काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।
आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की