काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।
आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने