अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, ०८ : २०
अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक लेख समितिको बैठक पनि बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस