एजेन्सी । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो।
सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक व्यवहारविरुद्ध चालिएको समानुपातिक कदम भएको बताएको छ। आक्रमणपछि पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजको तटीय क्षेत्रमा ठुला विस्फोटहरू भएका छन्।
इरानको ड्रोन आक्रमणको सिकार भएको अमेरिकी आपाचे हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई भने सुरक्षित उद्धार गरिएको छ। अमेरिकी सैन्य इतिहासमा पहिलो पटक यस प्रकारको उद्धार कार्यमा अत्याधुनिक समुद्री ड्रोनको प्रयोग गरिएको सार्वजनिक रूपमा पुष्टि गरिएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पाइलट सुरक्षित र सकुशल रहेको जानकारी दिएका छन्। उनले थपेका छन्, ‘त्यसका बाबजुद पनि संयुक्त राज्य अमेरिकाले यस आक्रमणको उचित जवाफ दिनु आवश्यक थियो।’
अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोनमार्फत हेलिकप्टरमाथि आक्रमण गरेको भए पनि त्यो जानाजानी गरिएको थियो वा थिएन भन्नेबारे अझै स्पष्ट भइसकेको छैन। अर्कोतर्फ, इरानी सञ्चारमाध्यमहरूले घटनाको पुष्टि गरे पनि अर्ध-सरकारी समाचार एजेन्सी मेहरले हेलिकप्टर खसालेको जिम्मेवारी इरानले नलिएको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ जेठ २०८३, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, विश्वमा तरंग
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'