एजेन्सी । बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १-१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।
उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । “हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,“ प्रवक्ताले भने ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ भदौ २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स