दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रवार अपराह्रन साढे ४ बजे दुर्घटनामा परेको हो ।
घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ । प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते