काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार पनि सुन तोलामा ९ सय रुपैयाँले घटेको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ११ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?