काठमाडौं । स्थानीय बजारमा बिहीबार (वैशाख २४) पनि सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलाको पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।
बुधबार (वैशाख २३) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मंगलबार (वैशाख २२) एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?