एजेन्सी ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोले भर्जिनियास्थित डेभिड रसको घरमा छापा मार्दा ४ करोड डलर ९करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ० भन्दा बढी मूल्यको सुनका बिस्कुटहरू फेला पारेको हो । एफबीआईका अनुसार रसको घरबाट ३०३ वटा सुनका बिस्कुट बरामद गरिएको छ । जसमध्ये प्रत्येकको तौल करिब एक किलो छ । सुनका साथै उनको घरबाट २० लाख डलर नगद र ३५ वटा महँगा रोलेक्स घडीहरू समेत जफत गरिएको छ ।
अदालती दस्ताबेजका अनुसार रसले सन् २०२५ नोभेम्बरदेखि २०२६ मार्चको बीचमा ुकामको सिलसिलामा हुने खर्चु भन्दै सरकारसँग ठूलो परिमाणमा सुन र विदेशी मुद्रा माग गरेका थिए । तर, पछि सीआईएले ती सुन र मुद्राको हिसाब र अवस्था फेला पार्न सकेन । सीआईएका निर्देशक
जोन र्याटक्लिफले आन्तरिक अनुसन्धानपछि कानुनी कारबाहीका लागि एफबीआईलाई सिफारिस गरेपछि मे १९ मा उनलाई पक्राउ गरिएको हो ।डेभिड रसमाथि 'सार्वजनिक धनको आपराधिक चोरी' गरेको अभियोग लगाइएको छ । उनीसँग अति गोप्य सूचनाहरूमा पहुँच थियो । यसका साथै उनले सरकारी जागिर खानका लागि आफ्नो शिक्षा र सैन्य सेवाका बारेमा झूटो विवरण दिएको र नक्कली सैन्य बिदा मिलाएर हजारौँ डलर भत्ता लिएको समेत आरोप लागेको छ ।
हाल रसलाई हिरासतमा राखिएको छ र यसै साता उनको अदालतमा सुनुवाइ हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?