माओवादी केन्द्रले तोक्यो उम्मेदवार छनोट मापदण्ड र सिफारिस गर्ने मिति

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, ०८ : २२
माओवादी केन्द्रले तोक्यो उम्मेदवार छनोट मापदण्ड र सिफारिस गर्ने मिति

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने चुनावको लागि बागमतीका १३ वटै जिल्लाबाट उम्मेदवारको सिफारिस पठाउन निर्देशन दिएको छ। भदौ १५ गते बसेको बागमती प्रदेशको बिस्तारित बैठकले उक्त निर्णय गरेको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ। 

जसअनुसार सबै पालिकाहरूले यही भदौ १८ गते बैठक बसेर उम्मेदवार छनोट गरि निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रमा १९ गते बैठक बसि जिल्ला समन्वय समितिलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरिएको छ। २० गते जिल्ला समन्वयको बैठक बसि तलबाट सिफारिस भइ आएका नामहरूबारे बैठकबाट निर्णय गरि सुझाव सहित साँझसम्म प्रदेश कार्यालयलाई बुझाइसक्नुपर्ने सर्कुलरमा उल्लेख छ। 

बैठकले उम्मेदवार छनोटको कार्यविधि पनि निर्धारण गरेर पठाएको छ। जसमा क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ। अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकोलाई दोस्रो र दुईपटक जितेकोलाई तेस्रो प्राथमिकतामा राख्न निर्देशन गरेको छ। सिफारिस गर्दा नामहरू वर्णानुक्रममा राखिनुपर्छ भनिएको छ। 

समानुपातिक तर्फ भने यसअघि समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्न भनिएको छ।

छनौट मिति
क) पालिका समितिको वैठक मिति २०७९ भाद्र १८ गते ।
ख) प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठक मिति २०७९ भाद्र १९ गते ।
ग) जिल्ला समन्वय समिति कार्यालयको बैठक मिति २०७९ भाद्र २० गते  बस्ने । 
छनौट सम्बन्धि आधारहरु 
(प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि पालिका समितिको बैठकले प्रदेश तथा प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिलाइ तथा महानगरपालिकाले समन्धित निर्वाचन क्षेत्र र जिल्लालाई सिफारिस गर्नेछ 
(प्रदेश निर्बाचन क्षेत्रिय समन्वय समितिले प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ । 

(प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ  ।
(जिल्ला समन्वय समितिले प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको सिफारिसमा आवश्यक सुझाव समावेश गरी प्रदेश कार्यालयमा पठाउनेछ । 
(नामावली सिफारिस गर्दा सकेसम्म सर्वसहमत नाम सिफारिस गर्ने प्रयास गर्नुपर्नेछ । सर्ब सहमत नभए प्रत्यक्ष तर्फ अल्फावेटको आधारमा वढीमा ३ जनाको नाम सिफारिस गर्नेछ  ।
(गठवन्धन भएमा गठबन्धनमा प्राप्त क्षेत्र र सिमिततालाई मध्यनजर गरी सिफारिस भएका उम्मेदवारहरु मध्येबाट जिल्ला कार्यलयको थप सुझाव समेत लिइ प्रदेश कार्यलयले तलमाथी गरी सिफारिस गर्न सक्नेछ
(सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने संभावना सहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्ये यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।
(दोश्रो प्राथमिकता एकपटक निर्वाचित भइसकेकाहरु मध्येबाट अघिल्लो वुँदाको मापदण्डभित्र परेकालाई दिइनुपर्नेछ ।
(तेश्रो प्राथमिकता एकपटक भन्दा वढी निर्वाचित भएकाहरुलाई दिइनु पर्नेछ ।
(अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई अर्कोपटकका लागि सिफारिस गरिनेछैन ।
(पार्टीको अन्तिम निर्णय निशर्त पालना गर्नु हरेक पार्टी सदस्यको बाध्यकारी कर्तव्य हुनेछ । 

प्रतिक्रिया दिनुहोस