काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ । यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंकसहितका कम्पनीको मूल्य बढेको छ ।
राप्ती हाइड्रो सबैभन्दा बढी ४.३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार