काठमाडौं । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ । यसबाहेकका उपसमूहका लगानीकर्ताले भने आज कमाउन सफल भए । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रो, माहुली लघुवित्त, सप्तकोशी विकास बैंकसहितका कम्पनीको मूल्य बढेको छ ।
राप्ती हाइड्रो सबैभन्दा बढी ४.३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार