एजेन्सी । टि २० एसिया कप २०२२ को सुपर फोरमा भारतले स्थान पक्का गरेको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारतले समूह ए बाट अपराजित रहँदै सुपर फोरमा स्थान पक्का गरेको हो ।
जितको लागि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रनमै समेटियो । हङकङका लागि बाबार हयातले सर्वाधिक ४१ रन बनाए भने किन्चित शाहले ३० रन तथा जिशान अली २६ रनमा अविजित रहे । बलिङमा भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले समान एकएक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशथक पारी खेले । यादव सर्वाधिक ६८ रन तथा कोहली ५९ रनमा अविजित रहे ।
हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले समान एकएक विकेट लिए । अब समूहका हङकङ र पाकिस्तानबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । विजेता टोली सुपर फोरमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ भदौ २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’