एजेन्सी । टि २० एसिया कप २०२२ को सुपर फोरमा भारतले स्थान पक्का गरेको छ । गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारतले समूह ए बाट अपराजित रहँदै सुपर फोरमा स्थान पक्का गरेको हो ।
जितको लागि १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रनमै समेटियो । हङकङका लागि बाबार हयातले सर्वाधिक ४१ रन बनाए भने किन्चित शाहले ३० रन तथा जिशान अली २६ रनमा अविजित रहे । बलिङमा भारतका भुवनेश्वर कुमार, अर्शदीपसिंह, रविन्द्र जडेजा र आवेश खानले समान एकएक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अर्धशथक पारी खेले । यादव सर्वाधिक ६८ रन तथा कोहली ५९ रनमा अविजित रहे ।
हङकङका आयुष शुक्ला र मोहम्मद गजानफरले समान एकएक विकेट लिए । अब समूहका हङकङ र पाकिस्तानबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । विजेता टोली सुपर फोरमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ भदौ २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा