एजेन्सी । भारतको हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्।
बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रकोपमा परी नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन्। मण्डीका डिप्टी कमिस्नरले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको जानकारी दिए।
समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले बाढीपीडितहरूलाई पूर्ण सहयोग गर्ने बताए।
पछिल्लो २४ घण्टामा मण्डी, चम्बा, कांगडा, कुल्लु, हमीरपुरलगायत सबै जिल्ला प्रभावित भएका छन्।प्रदेशमा उद्धार तथा राहत कार्यका लागि शनिबार मुख्य सचिवको अध्यक्षतामा बैठक बसेको थियो जसमा पछिल्लो २४ घण्टामा भएको क्षतिको विवरण लिइएको थियो।
राजस्व विभागले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य गर्न २३२ करोड निकासा गरेको छ। पञ्जाब-हिमाचल सीमामा पर्ने कांगडा जिल्लाको चक्की नदीमा रहेको रेलवे पुल बाढीका कारण भत्किएको छ।
बाढी र पहिरोका कारण मण्डी जिल्लाका धेरै सडक अवरुद्ध भएको जिल्ला प्रशासनले जनाएको छ। हमीरपुरमा बाढीको पानीमा बालबालिकासहित २२ जना फसेका छन्। जसमध्ये १९ जनालाई सकुशल उद्दार गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ भदौ २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित