काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिने भएका छन् ।
उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ। जनप्रतिनिधिलाई सोमबार विषयविज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति