नयाँ दिल्ली । भारतमा सोमबार ७६ औँ राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
स्वतन्त्रताका साढे सात दशक भारतका लागि सुखद र सन्तोषजनक नै रहेको धेरैले बताएका छन् । यस दिन प्रति भारतका सबैले गौरव गरेको पाइएको छ ।स्वतन्त्रता दिवसका अवसरमा विश्वभर नै भारतीय नागरिकले विभिन्न गतिविधि गरेर उत्सव मनाउने गरेका छन् । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शुभकामना सन्देश पनि दिएका छन ।
राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै भारत र भारतीय नागरिकलाई विश्वभर चिनाउने कार्यमा लाग्न उहाँहरूले सबैलाई अपिल गरे ।अन्य देशका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिहरूले समेत भारतको राष्ट्रिय एकता दिवसप्रति गौरव गर्दै थप प्रगतिको शुभकामना दिएका छन् ।
उनीहरूले भारतको भौतिक विकास, मानवीय विकास, नयाँ आविश्कार र शासन प्रणालीमा थप विकास तथा परिपक्वतामा जोड दिएका छन् ।यसअघि ७५ औ स्वतन्त्रता दिवसका अवसरमा भारतले वर्षभरी विषेश कार्यक्रमहरूको आयोजना गरेको थियो ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतमा लोकतन्त्रको तिव्र विकास भएकाले भारतको स्वतन्त्रता दिवसलाई विश्व राजनीतिमै महत्वका साथ हेर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० साउन २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु