कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, १९ : १०
कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा

जुम्ला  । कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ।  १९ सय ५५ मा नेवार समुदायको सुरु गरेको यो जात्राको यस वर्षको तयारी पूरा भएको हो।

नेवार समुदायका प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायका  कृष्णमान श्रेष्ठ र पूर्णमान श्रेष्ठले सुरु गरिएको यो जात्रा अहिले जुम्लाबासीको महत्त्वको रुपमा रहेको छ।

नेवार समुदायको प्रमुख पर्व भए पनि पछिल्लो समय जात्राप्र तिको मोह अन्य समुदायका जुम्लीहरुमा बढ्दै गएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए। जात्रा साउन १० गतेबाट बिधिवत रुपमा सुरु गरिने भएको छ।

नेवार समुदायले मनाउने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि सहभागिता हुन थालेको छ। समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रुपमा जात्रालाई  ब्यवस्थित रुपमा संञ्चालन गर्नका लागि  सबैको साथसहयोग आवश्यक रहेको उनीहरुको भनाइ छ।

जात्राको लागि पहिलो उठाइले  शुल्क यस पटक स्वेछिक बनाइएको छ। यसको लागि आर्थिक समितिमा उत्तम श्रेष्ठ रहेको जात्रा समितिका अध्यक्ष रमेश क्षेष्ठले बताए। संरक्षण समितिका अध्यक्ष चित्रलाल श्रेष्ठ छन्। जुम्लाको जात्रा सफल पार्नका लागि २९ जनाको समिति बनाइएको छ।  बजा समितिका संयोजक हरिपरियारलाई राखिएको छ।

जात्रामा झण्डै  सात लाख खर्च लाग्ने अनुमान गरिएको छ। यसको लागि जुम्लाका सबै स्थानीयतहमा आबश्यक पहल भइरहेको कोषाध्यक्ष कार्कीले बताए।

कर्णालीमा मनाइने गाईजात्राको ऐतिहासिक महत्व छ। वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न बाहिर जिल्लाबाट समेत सर्वसाधारणको सहभागी हुने गरेको छ।

जात्रामा देखाइने प्रस्तुतिले साना बालबालिकादेखि सबैको मन तान्न सफल भएको पाइन्छ। गाईजात्रा,  रोपाई जात्रा , पल्टन जात्रा ,मिम वास्सा, फौजी व्यारेक, साधु सन्त, खस धामी झाँक्री लगायत विभिन्न प्रकारका नाच हास्यव्यंग्य प्रस्तुत गरिन्छ।