काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशतभन्दा माथिले गिरावट भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गर्दै सार्वजनिक गर्ने तयारी गरिरहँदा सेयर बजारमा भने गिरावट भएको छ ।
केन्दि्रय बैंकले मौद्रिक नीतिमा थप कडाई गर्ने आशंकामा रहेका लगानीकर्ताहरुको मनोविज्ञान कमजोर बन्दै जाँदा नेप्से घटेको हो । शुक्रबार नेप्से २७.२६ अंक (१.३३ प्रतिशत)ले गिरावट भएर २०१७.४६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचक घटेका छन् । व्यापार उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।
शुक्रबार १७९ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सेयरमूल्य घटेका कम्पनीमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ५.७९ प्रतिशतले गिरावट हुँदा रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले गिरावट भएको छ । यस्तै सूर्योदय बोमी लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट भएको छ ।
यता सेयर मूल्य बढ्ने कम्पनीमध्ये किसान लघुवित्तको सेयर मूल्य सवार्धिक ८.४१ प्रतिशतले वृद्धि हुँदा गणपति लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार