काठमाडौं। साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।
चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ । १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनबिमा कम्पनीको ५ करोड २ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार