एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमा आउँदैछ : सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, २० : २१
एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमा आउँदैछ : सुरेन्द्र पाण्डे

जनकपुरधाम । प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको ठूलो पंक्ति माउ पार्टी एमालेमै फर्किन लागेको खुलासा गरेका छन् ।

सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीको ठूलो पंक्ति एमालेमै फर्किन लागेको खुलासा गरेका हुन् ।

समाजवादीबाट कोको फर्किन लागे भन्ने विषयमा भने उनले खुलाएनन् । तर, समाजवादीको ठूलो टिम एमालेमा फर्किन लागेको भने खुलाए ।उपाध्यक्ष पाण्डेले समाजवादीका नेताहरु माओवादी जान नसक्ने र आफ्नो अस्तित्वको रक्षा पनि गर्न नसक्ने दाबी पनि गरेका छन् । उनका अनुसार माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस