एक वर्षमा अख्तियारमा भ्रष्टाचारका २४ हजारभन्दा बढी उजुरी

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १२ : ०८
एक वर्षमा अख्तियारमा भ्रष्टाचारका २४ हजारभन्दा बढी उजुरी

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन्।अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ती उजुरी परेका हुन्।

सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको अख्यिारले जनाएको छ।आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

‘कुल २४ हजार २४१ उजुरीहरु रहेको मध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिव ७०.५३ प्रतिशत हुन आउँछ’, प्रवक्ता भण्डारीले भने।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन्। गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचारसम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए।

आर्थिक वर्ष २०७७/७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा (६४.२३ प्रतिशत) उजुरी फछर्यौट भएका थिए।