नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, १६ : ५८
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान नागार्जुन नगरपालिकामा छापा मारेको छ। नगरपालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्ने सूचनाका आधारमा छापा मारेको अख्तियार प्रशासन विशेष स्रोतले जानकारी दिएको छ।

अख्तियारको टोलीले वित्त-व्यवस्था, प्रशासन तथा खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको छ। करार कर्मचारी भर्नादेखि सामान खरिद प्रक्रियासम्मका कागजातहरू जाँचपड़तालका लागि आयोगले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

अख्तियारले प्रारम्भिक तथ्य संकलनपछि विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।

पछिल्लो समय स्थानीय तह कर्मचारी र जनप्रतिनिधिका लागि कमाई खाने भॅाडो बनाइएको भन्दै नागरिक तहमा व्यापक विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस