एजेन्सी । भारतमा १५औं राष्ट्रपति चुन्न सोमवार चुनाव हुँदैछ । सोमवार बिहान १० बजेदेखि मतदान हुने समय तोकिएको छ । चुनावमा सत्तारुढ एनडीएको तर्फबबाट द्रोपदी मुर्मू र विपक्षबाट यशवंत सिन्हालाई उम्मेदवार बनाइएको छ ।
विपक्षका उम्मेदवार सिन्हाले आइतवार अपिल जारी गर्दै अन्तरआत्माको आवाज सुनेर आफूलाई मतदान गर्न अपिल गरेका छन् । सिन्हा कुनै बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मै थिए, सोही कुरालाई सिन्हाले भावनात्मक रूपमा अगाडि सारेका छन् ।
चुनावमा सत्तारुढ बीजेपीसँग ४८५ र विपक्षीसँग ५२५ भोट रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तैपनि सत्तारुढ पक्षकी उम्मेदवार द्रोपदीले पनि विभिन्न दलको समर्थन जुटाएकी छन् ।
राष्ट्रपतिका दुवै उम्मेदवार मुर्मू र सिन्हा उत्तिकै प्रभावशाली भएकाले चासोका साथ हेरिएको छ । गोप्य मतदाता हुने भएकाले जातीय, क्षेत्रीय, भावनात्मक कुराले मत प्रभावित हुनसक्ने अनुमान गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति